अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनबमोजिम काठमाडौँ महानगरपालिका-११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ ।
गत चैत २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको थियो । खाजामा अखाद्य वस्तु भेटिएको गुनासो आएपश्चात् मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन गर्न निर्देशन दिएका थिए।
उक्त निर्देशनअनुसार विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले चैत ३० गते अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएको भन्दै प्रचलित कानुनअनुसार उत्पादन रोकेर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो ।
यसैबीच, मन्त्री चौधरीले आमनागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गर्ने स्पष्ट पारेका थिए ।
















एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया