पाँच दिनसम्म घाम नलाग्दा जन जीवन कष्टकर

काठमाडौँ । बाक्लो हुस्सु र चिसो हावाले उदयपुरको जन जीवन कष्टकर बनेको छ । पाँच दिनयता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि जिल्लाको सदरमुकाम आसपासको जन जीवन कष्टकर बनेको हो ।
केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो । चिसो बढेकाले उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जन जीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जन जीवन कष्टकर बन्दै गएको छ ।
अत्याधिक जाडोका कारण जिल्लाको जन जीवन प्रभावित भएको बेला यहाँका गरिब तथा विपन्न समुदायको जनजीवन प्रभावित भएका छन । चिसो बढेसँगै ठाउँमा आगो बालेर सर्वसाधारण बस्नु बाध्य भएका छन ।
चिसो हावा र बाक्लो हुस्सुले गर्दा बेलुकी ६ बजेदेखि दिउँसो १२ बजेसम्म हुस्सुका कारण अन्धकारमय जस्तै देखिने गरेको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिस घरबाट बाहिर निस्किन सकेका छैनन् ।
अत्यधिक चिसो र हुस्सुका कारण घरका गाईवस्तु जंगल चराउन लैजान समस्या भइरहेको त्रियुगा नगरपालिका ३ चाँपका जीतबहादुर तामाङले बताए ।











क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया