काेराेना कहर
सरकारले भन्यो-बुस्टर डोज जे लगाए पनि छुट
पहिलो मात्रा अन्य खोप लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनेका

काठमाडौं । सरकारले दोस्रो वा (बुस्टर डोज) अतिरिक्त खोप लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले शुक्रबार ७७ जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी अब अतिरिक्त मात्रा खोप दिँदा यसअघि लगाएका भन्दा फरक खोप दिन निर्देशन दिइसकेको छ ।
यसरी फरक खोप दिनका लागि विश्व स्वास्थ्य संगठनको विज्ञहरुको रणनीतिक सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरेको थियो ।
कुन खोप लगाएकाले कुन खोप लगाउने
६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड, एस्ट्राजेनेका, मोर्डना, फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन मन्त्रालयले जनाएको छ ।
पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिईने बताइएको छ ।
विदेशमा पहिलो मात्रा कोभिसिल्ड र एस्ट्राजेनेका, भेरोसेल, मोर्डना, फाइजर खोप लगाएकाहरुको हकमा दोस्रो मात्राको रुपमा कोभिसिल्ड, एस्ट्राजेनेका खोप लगाउने मन्त्रालयले जनाएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया