प्रधानमन्त्रीले बोलाए निर्वाचन आयोगका पदाधिकारीलाई, चुनावको मिति तोक्न परामर्श गर्ने
मेरोन्यूज
२०७८ माघ १८ गते १४:२०

काठमाडौं । स्थानीय तहको निर्वाचनको मितिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग परामर्श गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । स्थानीय तहका पदाधिकारीहरुको म्याद जेठ ५ गते सकिँदैछ ।
आयोग ले जेष्ठ ५ अघि नै निर्वाचन गर्दा ऐन संशोधन गर्नु नपर्ने बताउँदै आएको छ । आयोगले यसअघि वैशाख १४ र २२ मा निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।
ऐन संशोधनपछि मात्रै निर्वाचन गर्ने भन्दै सत्तारुढ गठबन्धनले जेठ मसान्तभित्र चुनाव गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित

















एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया