अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
मौरिससमाथि नेपालको लगातार दोस्रो जित
मैत्रीपूर्ण खेल बन्यो तनावपूर्ण, खेलाडीलाई जोगाउनै मुश्किल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मौरिससविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित हात पारेको छ ।
मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १–० ले पराजित गरेको हो । नेपालका लागि सुजल श्रेष्ठले खेलको १० औं मिनेटमा गोल गरेका थिए ।
आशिष लामाले प्रहार गरेको बललाई पुजन उपरकोटीले प्रहार गरेका थिए । पुजनले प्रहार गरेको बल सुजनले जाली छिराएका थिए ।
खेलको १३ औं मिनेटमा मौसिससले पाएको पेनाल्टी किपर किरण चेम्जोङले रोकिदिए ।
खेलको १३ औं मिनेटमा मौरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल प्रहार गरेका थिए ।
नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मौरिससले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफको खेल भने निकै तनावपूर्ण रह्यो । मंगलबारको खेलमा नेपाली टोली १० खेलाडीमा सिमित भएको थियो भने मौरिससका दुई खेलाडी रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।
एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए भने नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड पाए ।
७८ औं मिनेटमा गौतम श्रेष्ठलाई फउल गरेर मौरिससका इम्यानुएलले रातो कार्ड पाएपछि मौरिसस नौ खेलाडीमा सीमित भएको थियो ।
दुई देशको मैत्रीपूर्ण खेलमा खेलाडीहरुमा भने मैत्रीभाव सून्य देखिएको थियो । दर्जन बढी फल खेलेका दुवै टिमका खेलाडीहरु नै आपस लड्न लागेपछि नेपालीको अफिसियल टिम मैदानमा छिरेर रोक्नु परेको थियो ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया