एमसीए नेपालको प्रष्टोक्तिः ‘लुकाइएको’ दस्तावेज छैन

काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट सम्बन्धि गोप्य वा लुकाइएका दस्तावेजहरु प्राप्त भएको भन्ने समाचार प्रमाशित भएपछि एमसीए नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी नेपाल सम्झौता सम्बन्धि कुनै पनि दस्तावेज गोप्य नभएको जनाएको छ ।
‘एमसीए नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकाले यस सम्बन्धि कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए–नेपालको पारदर्शिताप्रतिको प्रतिवद्धता विपरित हुन्छ ।’– विज्ञप्तिमा भनिएको छ ।
साथै गोप्य भनिएका कुनै पनि दस्तावेज एमसीसीसँग गरिएका सम्झौता नभएको पनि एमसीए नेपालले जनाएको छ ।
एमसीए नेपालले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरु आफ्ना वेवसाइट तथा अन्य माध्यामबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको पनि दावी गरेको छ ।


















धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
काठमाडौं १ मा रञ्जु दर्शनाकाे जित निश्चित
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
नेकपा छाेडेर रास्वपा प्रवेश गरेका अन्सारीको बारा–४ मा अग्रता
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया