मौरिससलाई जितेकोमा नेपाली टिमलाई मन्त्री गहतराजको बधाई

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बधाई दिएका छन् ।
अफ्रिकी देश मौरिसससँगको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको नेपाली टिमलाई मन्त्री गहतराजले बधाई दिएका हुन् । मन्त्री गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरे ।
दशरथ रंगशालामा मंगलबार बेलुका र शनिवार भएको दुवै खेलमा नेपाल १–०ले विजयी भएको थियो ।
अफ्रिकन देशसँग पहिलो पटक भएका दुबै मैत्रीपूर्ण खेल हेर्न मन्त्री गहतराज स्वयं रंगशालामा उपस्थित भएका थिए ।
खेलकूदमन्त्री स्वयं उपस्थित मंगलबारको दोस्रो मैत्रीपूर्ण खेल भने निकै तनावपूर्ण बनेको थियो । खेलमा दुवै टिम खेल अनुशासन विपरित आपसमा जुध्न तम्सिएका थिए ।
खेलमा फउल गरेर आपसमा लड्न लागेपछि मौरिसका दुई खेलाडी र नेपालका एक खेलाडीले रातोकार्ड पाएका थिए ।









कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
सुदूरपश्चिमको लगातार तेस्रो जित
प्रतिक्रिया