मान्छेको अस्थिपन्जरसँगै टाउको काटिएको घोडा फेलापरेपछि

वर्लिन । उत्खनन्बाट शताब्दीऔं पुराना अनौठा घटना र इतिहासबारे थाहा पाउन सकिन्छ । यस्तै अनौठो घटना जर्मनीका अनुसन्धानकर्ताहरुले फेला पारेका छन् ।
अनुसन्धानकर्ताहरुले टाउको नभएको घोडा पुरिएको स्थानबाट एउटा मानिसको अस्थिपन्जर भेटेका छन् । दक्षिणी जर्मनीमा फेला परेको यस्तो अस्थिपन्जर १४ सय वर्षअघिको हुन सक्ने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् ।
तर, टाउकोबिहीन घोडाको अवस्थालाई लिएर अझै पनि रहस्य बढेको छ । ती व्यक्ति कुलीन वर्गको सदस्य भएको अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् ।
‘उनी मेरोभिंगियन राजाहरुसँग ‘चेन अफ कमान्ड’ मा रहेको र उनी राजाको अभियानमा सहभागी हुन बाध्य भएको देखिन्छ’, पुरात्वविद फल्के डामिंगरले लाईभ साइन्सलाई भने । घोडाको शिरच्छेदन अन्तिम संस्कारको एउटा पाटो भएको हुन सक्ने दामिंगरले बताए ।
दामिंगरका अनुसार उनका परिवारले ती व्यक्तिलाई अरुका अगाडि धनी देखिऊन भनेर उनलाई घोडासँगै पुरिएको हुन सक्छ ।
मृत्युपछि उनलाई चढेर हिड्न पाउने विश्वासमा शवसँगै घोडा राखिएको अनुमान गरिएको छ । घोडाको टाउको अहिलेसम्म फेला परेको छैन् ।













गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया