नेप्सेमा उचारचढाव, आज फेरि दोहोरो अंकको गिरावट

काठमाडौं । केही दिनयता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उतारचढाव देखिएको छ ।
अघिल्लो साताभर नै ओरालो लागेको नेप्से यो साता सुधार देखिए पनि आशातित सुधार भने देखिएको छैन । यो साताको पहिलो दिन हरियाली देखिएको नेप्से घट्ने र बढ्ने कायमै छ ।
साताको कारोबारको पाँचौं दिन आज विहीबार पुनः दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से १४.५८ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलव ७५ विन्दुमा रोकिएको छ ।
नेप्सेका अनुसार विहीबार वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
त्यस्तै, आरएउमडीसी लघुवित्त वित्तीय संस्थाको र पोखरा फाइनान्सको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, विहीबार नेप्से घटेपनि कारोबार रकम भने उच्च वृद्धि भएको छ । आज ८ अर्ब ६१ करोड २१ लाख बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा विहिबार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीले ८२ करोड ७० लाख भन्दा बढीको कारोबार भएको छ ।









काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण
मधेसमा ३ मन्त्री नियुक्त
टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा
एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट
बालिकालाई जङ्गलमा लगेर हत्या गर्ने एकजना पक्राउ
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया