भारतमा थप एक लाख ७२ हजारमा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ माघ २० गते १६:३८
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक लाख ७२ हजार ४३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकले जनाएको छ । यसै अवधिमा कोरोनाबाट एक हजार ८ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।
हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालय जनाएको छ । यस अवधिमा ८७ हाजार ६८२ जना सक्रिय संक्रमित घटेका समाचारमा जनाइएको छ ।
भारतमा हालसम्म कूल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएका छन् ।
सम्बन्धित













नेप्सेमा १० अंककाे वृद्धि, पाँच अर्ब बढीकाे काराेबार
कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया