बेइजिङ ओलम्पिक आजदेखि सुरु
मेरोन्यूज
२०७८ माघ २१ गते १०:३४

काठमाडौँ । एसियाली मुलुक चीनको बेइजिङमा २४ औँ शीत कालीन (विन्टर) ओलम्पिक आजदेखि औपचारिक रुपमा सुरु हुँदै छ ।
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो ।
९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । यद्यपि, अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिक रुपमा बहिष्कार गरेका छन् ।
उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् । हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । विन्टर ओलम्पिक २० फेब्रुअरी २० तारिखसम्म आयोजना हुने छ ।
सम्बन्धित
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया