विदेश पढ्न पठाउने संस्थाहरुमाथि गृहको निगरानी

काठमाडौं । विभिन्न देशमा शैक्षिक संस्थामा अध्ययन गर्न जानेहरुका लागि परामर्श दिन भन्दै खुलेका कन्सल्टेन्सीहरुमाथि गृहमन्त्रालयले निगरानी बढाएको छ ।
विभिन्न देशका शैक्षिक संस्थाहरुमा अध्ययन गर्न भन्दै विदेश जाँदा सम्बन्धित शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाँदा अलपत्र परेको गुनासो बढेपछि गृहले कन्सल्टेन्सीहरुमाथि निगरानी बढाएको हो ।
इजाजत नलिइ अनधिकृत रुपमा सञ्चालन भएका शैक्षिक परामर्श संस्थाहरु, अनधिकृत रुपमा अनलाइन विज्ञापन गर्ने शैक्षिक संस्थाहरु तथा अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने ब्यक्तिहरुमाथि निगरानी गरिरहेको गृह मन्त्रालयले आज विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
साथै, त्यस्ता संस्था तथा प्रतिनिधिहरुकाबारेमा नेपाल र बाहिर हुनेलाई पनि उजुरी दिन अनुरोध गर्दै गृहमन्त्रालयले त्यस्ता जो सुकैलाई पनि कारबारही हुने चेतावनी दिएको छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्रै अध्ययनका लागि जान पनि आग्रह गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठ











याे सरकारलाई निर्वाचन गराउने हक छैन : ओली
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्रीको निर्देशन
पाकिस्तानमा पटाका कारखानामा विस्फोट हुँदा ७ जनाको मृत्यु
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाइने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
सन्तोष परियारले छाडे रास्वपा
प्रतिक्रिया