क्रिप्टोकरेन्सी कारोबारमा नलाग्न राष्ट्र बैंकको आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा सहभागी नहुँन आग्रह गरेको छ ।
छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुनाको साथै कानुनी समस्या आउन सक्ने भन्दै केन्द्रीय बैंकले सर्वसाधारणलाई सचेत गराएको छ ।
क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी दिन मंगलबार गर्भनरको कार्यालयले सूचना जारी गरी गरेको हो ।
बैंकले स्वदेश तथा विदेशमा रहेका नेपाली क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको पाइएको जनाएको छ ।
‘छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने तथा कानूनी झन्झट आउन सक्ने भएकाले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन आग्रह गरिन्छ’ सूचनामा भनिएको छ ।
यस्तो कारोबारले पुँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने बैंकले जनाएको छ ।











काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया