नेप्से परिसूचक २२.११ अंकले गिरावट

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ ।
मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार पनि सोही गतिमा गिरावट भएर निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले गिरावट आएको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको हो । मंगलबार ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।
बुधबार १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ भने अन्य उपसमूहको सूचक शुन्य प्रतिशत भन्दामाथिले घटेको नेप्सेले जनाएको छ ।
आज नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आए पनि लिबर्टी इनर्जी र आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य बढेको छ । तर यता बुद्धभूमि नेपाल हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक र विन नेपाल लघुवित्तको शेयरमूल्य घटेको छ ।
कारोबार रकमका आधारमा १८ करोड ६१ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकम, नेशनल हाइड्रोपावरको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
















गगन उम्मेदवार रहेकाे सर्लाही-४काे मतगणना सुरु
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया