दोर्दी-१ जलविद्युतको ९८ प्रतिशत निर्माण सम्पन्न

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनाको काम ९८ प्रतिशत सकिएको छ । दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएपछि विद्युत उत्पादन थालिनेछ । विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ ।
विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सम्पन्न गरी उपकरण परीक्षणको काम भइरहेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।
सबस्टेसनसम्मको आवश्यक ३।५ किलोमिटर लामो प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गरिरहेको छ । प्रसारणलाइनको आवश्यक १५ वटा टावर ठड्याएर सकिएको कम्पनीले जनाएको छ । ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृह लगायत सबै संरचनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । गत जेठमा पूरा भएको २.५ किलोमिटर मुख्य सुरुङको ढलान गर्ने, सफा गर्नेलगायत फिनिसिङ सकिएको छ । अहिले अन्तिम चरणको छुटेको काम भइरहेको छ । ७१५ मिटर लामो पेनस्टक पाइप जडानको काम पनि सकिएको छ ।
आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरले आयोजनाको उत्पादन पछि धकेलिएको हो । साथै, गत असारमा आएको बाढी पहिरोले आयोजनामा क्षति पुग्दा उत्पादन तालिका पछि सर्दै आएको थियो ।

















उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
झापा–५ : ओलीभन्दा ४ हजार मतले बालेन अगाडि
धनकुटामा एमालेको सुरुवाती अग्रता
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया