महानगरबासीले सहयोग गरे पुनः मेयरमा दाबी गर्छु : मेयर शाक्य (भिडियोसहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबी रहेको बताएका छन् । बिहीबार काठमाडौँ महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै, उनले महानगरबासीको सहयोग रहे पुनः आफ्नो दाबेदारी रहेको बताए । उनले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाको शिलान्यास गरिएको दाबी गरे ।
‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ, म एउटा पार्टीको कार्यकर्ता हो, पार्टीले आवश्यक्ताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो, अर्को भनेको महानगरबासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौँ,’ मेयर शाक्यले भने, ‘विकास निर्माणका काम भनेको निरन्तर रुपमा चल्ने हो, कहिले पनि सकियो भन्ने हुँदैन, हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौँ, शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’
मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, सम्वद्र्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए । उनले महानगरको नीतिअनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताए ।
मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौँको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता गरेका थिए ।

















खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
प्रतिक्रिया