बुधबार, पुष १६, २०८२

कोरोनाबाट थप १२ जनाको मृत्यु, १३६९ जनामा संक्रमण

मेरोन्यूज २०७८ माघ २७ गते १७:१६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोनाबाट १२ जनाले ज्यान गुमाएका छन् भने संक्रमणमुक्त हुनेको संख्या दुई हजार २३८ रहेको छ ।

प्रतिक्रिया