निर्वाचन गराउन गृह मन्त्रालयले माग्यो साढे १७ अर्ब रुपैयाँ

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग रकम माग गरेको छ । गृहले अर्थसँग १७ अर्ब ६० करोड ५५ लाख रुपैयाँ निर्वाचन खर्च माग गरेको गृह मन्त्रालयले स्रोतले जनाएको छ ।
गृह मन्त्रालयले चालूतर्फ १२ अर्ब १४ करोड ८८ लाख र पूँजीगततर्फ ५ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ माग गरेको हो । यो रकम निर्वाचन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि खर्च हुने मन्त्रालयले जनाएको छ ।
यसअघि बुधबार गृह मन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको थियो । गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भिष्मकुमार भूसालले जानकारी दिएका थिए ।
छलफलमा अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे गृह मन्त्री खाँणलाई अवगत गराउँदै अत्यावश्यक पर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए । सो क्रममा गृह मन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभई नहुने विषय वस्तुबारे अवगत गराइने बताए ।















खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया