निर्वाचन गराउन गृह मन्त्रालयले माग्यो साढे १७ अर्ब रुपैयाँ

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग रकम माग गरेको छ । गृहले अर्थसँग १७ अर्ब ६० करोड ५५ लाख रुपैयाँ निर्वाचन खर्च माग गरेको गृह मन्त्रालयले स्रोतले जनाएको छ ।
गृह मन्त्रालयले चालूतर्फ १२ अर्ब १४ करोड ८८ लाख र पूँजीगततर्फ ५ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ माग गरेको हो । यो रकम निर्वाचन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि खर्च हुने मन्त्रालयले जनाएको छ ।
यसअघि बुधबार गृह मन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको थियो । गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भिष्मकुमार भूसालले जानकारी दिएका थिए ।
छलफलमा अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे गृह मन्त्री खाँणलाई अवगत गराउँदै अत्यावश्यक पर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए । सो क्रममा गृह मन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभई नहुने विषय वस्तुबारे अवगत गराइने बताए ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया