कोरोनाविरुद्धको बुस्टर खोप १८ वर्षमाथिका सबैलाई दिने निर्णय

काठमाडौँ । सरकारले १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धो बुस्टर डोज लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै खोपको पूरा मात्रा लगाएको ६ महिना पुगेका १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई बुस्टर लगाउने निर्णय भएको जानकारी दिएको छ ।
कोभिड १९ बाट संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको १ महिनापछि कोभिड १९ विरुद्धको खोप दिने र यो अवधि बुस्टर मात्राको लागि पनि लागू हुने मन्त्रालयले जनाएको छ ।
खोप उपलब्धताको आधारमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने मन्त्रालयले जनाएको छ । बुस्टर खोप प्रदान गर्दा स्वास्थ्यकर्मी लगायत अग्रपङ्तीमा खटिने व्यक्ति, ६० वर्ष र सो भन्दा माथिका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती महिला र सामाजिक जनसांख्यिक रुपमा पिछडिएका वर्गका व्यक्तिहरूलाई प्राथमिकता दिने मन्त्रालयले जनाएको छ ।
कोभिड(१९ विरुद्धको खोप लिन आउँदा उमेर खुल्ने परिचय पत्र नहुने व्यक्तिहरूको सन्दर्भमा ती व्यक्ति स्वयं वा निजको अभिभावकले खोप लिने व्यक्तिको परिचय र उमेर स्वःघोषणा गरेकोलाई आधार बनाई खोप प्रदान गरी खोपको सहज पहुँच स्थापित गर्ने मन्त्रालयले जनाएको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया