अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न अर्थले बनायो विशेष कार्यदल
मेरोन्यूज
२०७८ माघ २८ गते १९:५२

काठमाडौं । सरकारले अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ । अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुखले नेतृत्व गर्ने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
कार्यदलको संयोजक राजश्व महाशाखा प्रमुखलाई तोकिएको छ । त्यसपछि राजस्व माहाशाखाको नयाँ जिम्मेवारी सहसचिव भूपाल बरालले पाएको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।
कार्यदलको अन्य सदस्यहरुमा सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्रधिकरण र नेपाल प्रहरीका एक(एक जना उच्च अधिकारीहरु छन् ।
राजस्व अनुसन्धानबाट कार्यदलमा उपमहानिर्देशक टंकप्रसाद पाण्डेय तोकिएका छन् भने नेपाल दूरसञ्चार प्रधिकरणका इन्जिनियर एवम् निर्देशक विजयकुमार रोयसदस्य छन् ।
सम्बन्धित

















सर्लाही-१ मा रास्वपाकी नितिमा कार्की विजयी
खोटाङमा श्रम संस्कृति पार्टीका राई अगाडि
कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया