अमेरिकाले पोल्याण्डमा थप तीन हजार सैनिक पठाएको पुष्टि

काठमाडौँ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ । ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा कुनै पनि समय आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा सम्भवतः हवाई आक्रमणबाट शुरु हुने छ ।
मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ । ‘राष्ट्रपतिको निर्देशनमा, अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२ औँ एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी तीन हजार सिपाहीलाई पोल्याण्ड पठाउन आदेश दिएको,’ एक प्रवक्ताले शुक्रबार स्पुतनिकलाई इ मेल गरेको विज्ञप्तिमा उल्लेख छ ।
सेनाहरू अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्ने छन् र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ । ‘एयरबोर्न सिपाहीहरूको यो दोस्रो समूह पोल्याण्डमा जाँदै छ यसअघि एक हजार ७०० सिपाहीहरू सँग सम्मिलित हुने छन् । अस्टिनले जर्मनीमा अर्डर गरेको १८ औं एयरबोर्न कोर्प्स मुख्यालय ३०० सदस्यहरू पनि देशमा आइपुगेका छन् ।
पाँच हजार अतिरिक्त मोबाइल र फ्लेग्जिबल कर्मचारीहरू तैनाथ गरेर पेन्टागनले नाटो सहयोगीहरूलाई गठबन्धनको पूर्वी भागविरुद्ध सम्भावित आक्रमणलाई रोक्नको लागि आफ्नो प्रतिबद्धतामा आश्वस्त पार्छ, विज्ञप्तिमा थपिएको छ ।
यसैबीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शुक्रबार अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको संकेत भएको बताइन् ।
















प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया