अपरगडी गाड हाइड्रोपावरको म्याद थप
पुस्कर पौडेल । डोटी
२०७८ माघ २९ गते १८:३१

डोको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ काडामाण्डौँमा निमार्णधिन अपरगडी गाड हाइड्रोपावरको म्याद थप भएको छ । उक्त हाइड्रोपावरको एक वर्ष म्याद थप भएको हो ।
२०७९ फागुन १ गतेसम्मका लागि म्याद थप भएको शैलेश्वरी पावर नेपाल प्रा।लि।कम्पनिले जनाएको छ । अपरगडी गाड हाइड्रोपावरको कुल लागत ३२ करोड रहेको छ । लकडाउनले गर्दा एक वर्ष काम गर्न नपाएको शैलेश्वरी पावर नेपाल प्रा.लि। का प्रतिनिधी बलबहादुर खड्काले बताए ।
‘कोरोनाले गर्दा काम गर्न पाइएन,’ उनले भने ‘अब त थपेको म्याद भित्रै काम सम्पन हुन्छ होला ।’ हाइड्रोपावर ड्यामको हालसम्म ७० प्रतिशत काम सम्पन भइसकेको उनले बताए । १।५५ मेगावाटको हाइड्रोपावरको २०७७ फागुन १ गतेबाट निर्माण सुरु भएको हो । जसको एक वर्ष भित्र काम सम्पन गर्नुपर्ने समयसीमा थियो । जस अनुसार भोलि अर्थात आइतबार समयसीमा सकिँदै थियो ।

सम्बन्धित











मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया