शनिबार, पुष १२, २०८२

सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो मूल्य ?

मेरोन्यूज २०७८ फागुन १ गते ११:५१

काठमाडौँ । साताको पहिलो दिन आज सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ । यसैगरी तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढ्दै तोलामा १३ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया