‘ए’ डिभिजन लिगः एपीएफ र संकटाले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार विभागीय टोली एपीएफ फुटबल क्लबले संकटा क्लबलाई गोलरहित बराबरीमा रोकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका केही अवसरहरू शृंजना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक बाँडे ।
११औं मिनेटमा सुवास गुरुङको पासमा फोडे फोफनाको प्रहार एपीएफका गोलरक्षक युवा कुरियामाले बचाए । ३४औं मिनेटमा नवीन लामाको कर्नर प्रहारमा आर्मन्ड बिडोमको हेडर क्रसर बार माथिबाट बाहिरियो ।
६०औं मिनेटमा रोमन लिम्बुको फ्री किकमा एपीएफका गोलरक्षक कुरियामा अगाडि बढेको अवस्थामा नीरज बस्नेत बललाई कनेक्ट गर्न सकेनन् । ६१औं मिनेटमा उत्तम राईको प्रहारलाई ओलुवासोगोको खुट्टामा डिफ्लेक्ट हुँदै बार नजिकैबाट बाहिरियो ।
खेलको ७४औं मिनेटमा एपीएफले गोलको राम्रो अवसर खेर फाल्यो । मैदानको मध्य भागबाट संकटाका रोशन परियारबाट खोसेर अघि बढाएको बलमा अभाव लामिछानेले ‘वान भर्सेस वान’ अवस्थामा राजाबाबु थापालाई बिट गर्न सकेनन् । आभासले १८ यार्ड बक्सबाट गरेको प्रहार राजाबाबुले विफल पारिदिए ।
८४औं मिनेटमा एपीएफले पेनाल्टी बक्सबाहिर फ्रिकिक पाएको थियो । एपीएफका कप्तान नवीन लामाले गरेको प्रहार राजाबाबुले बचाएका थिए ।
बराबरीसँगै १० खेलबाट १५ अंक जोडेको संकटा तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । संकटाले तीनमा जित, ६ मा बराबर र एक खेलमा हारको नतिजा आत्मसाथ गरेको छ ।
यस्तै, समान खेलबाट ११ अंक जोडेको एपीएफ भने नवौं स्थानमा यथावत् छ । एपीएफले दुईमा जित, पाँचमा र तीनमा हार बेहोरेको छ ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया