शनिबार, पुष १२, २०८२

महालक्ष्मी विकास बैंक र दियालो फुडल्यान्डबीच सहकार्य

मेरोन्यूज २०७८ फागुन २ गते २०:३८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेसबीच सहकार्य गरिने भएको छ ।

महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले होटलका विभिन्न सेवाहरुमा छुट पाउने गरी दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखा मार्फत वित्तीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया