क्यानडामा खोप विरोधी प्रदर्शनकारीको बैंक एकाउन्ट रोक्का गरिने

काठमडौँ । कोरोना भाइरस (कोभिड–१९) खोपविरोधी आन्दोलन उग्र बनेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसलाई रोक्न अप्रत्यासित कदम चालेका छन् । खोप विरोधी अभियान नियन्त्रणका लागि सरकारले आपत कालीन ऐन ल्याएका छन् ।
सरकारले चाल्ने कदमको क्षेत्र ‘समय—सीमित’, ‘उचित र समानुपातिक’ हुने तर सेना परिचालन नहुने प्रधानमन्त्रीले बताएका छन् । नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना बैंकहरुले प्रदर्शनमा सहभागी हुने जो कोहीको बैंक एकाउन्ट बन्द गर्ने छ । सयौं प्रदर्शनकारी क्यानडाको राजधानीमा छन् ।
क्यानडेलीलाई सुरक्षित गर्न सरकारले नयाँ कानुन ल्याएको प्रधानमन्त्रीले बताएका छन् । प्रदर्शनकारीलाई कैद वा जरिमाना गर्न र महत्वपूर्ण पूर्वाधार रक्षाका लागि प्रहरीलाई ‘बढी औजार’ दिइने उनले बताए ।
आइतबार कानुन कार्यान्वयन निकायले खोप विरोधी प्रदर्शनकारीलाई विन्डसोरस्थित एम्बास्डर ब्रिजबाट प्रदर्शनकारी हटाइएको थियो । सो ब्रिज क्यानडा—अमेरिका व्यापारको एउटा महत्वपूर्ण मार्ग हो । सरकारले क्यानडाबाट अमेरिका जाने ट्रक चालकहरुलाई अनिवार्य खोपको प्रावधान ल्याएको थियो ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया