शनिबार, चैत २८, २०८२

युक्रेनमा अमेरिकी सेना तैनाथ तीव्र (फोटोफिचर)

मेरोन्यूज २०७८ फागुन ३ गते ९:३८

काठमाडौँ । युक्रेनमा अमेरिकाले थप सेना पठाएको छ । रसियाली सेना युक्रेनको सीमामा बढेको दाबी गरेको अमेरिकाले आफ्नो सेना युक्रेन पठाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यसैबीच अमेरिकाको खुफिया एञ्जेन्सीले भोलि वा आगामी फेब्रुअरी २० गते युक्रेनमाथि हमला गर्ने रिपोर्ट प्राप्त भएको बताएको छ । तर, यस विषयमा आफ्नो कुनै योजना नभएको रुसले बताएको छ ।

युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो रसियाली सेना युक्रेनमा बढेको आरोप लगाएका हुन् । ‘यो छुट्टै सम्भावना छ की सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ,’ अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने ।

उनले रसियाले कुनै पनि बेला युक्रेनमा अतिक्रमण गर्न सक्ने बताएका छन् । युक्रेनको सीमामा रसियाले केही सातादेखि एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ ।

यससँगै अमेरिकाले युक्रेनमा आफ्नो सेना पठाउने काम तीव्र पारेको छ । यसअघि बेलायतसहित केही युरोपियन देशहरूले समेत युक्रेनमा सेना पठाएको छ ।

प्रतिक्रिया