सोमबार, माघ ५, २०८२

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते

मेरोन्यूज २०७८ फागुन ३ गते ९:५४

काठमाडौँ । सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको फलाम रड लोड भएको स १ त ६ १०८ नंको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ महुकीमा दुर्घटना भएको हो ।

घटनामा घाइते सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

दुर्घटनामा सोही ठाउँका २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा घाइते भएका छन् । मण्डल ट्र्याक्टर चालक हुन् घाइते दुई जना मजदुर हुन् ।

प्रतिक्रिया