शनिबार, माघ ३, २०८२

टाउको र खुट्टापछि झोलाभित्रै शरीर भेटियो

मेरोन्यूज २०७८ फागुन ५ गते १३:००

काठमाडौँ । जेब्रा झोलामा मान्छेको टाउको र खुट्टा भेटिएको धरान–भेडेटार सडक खण्डको आपगाछी जंगलमै शरीर फेला परेको छ । टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर भेटिएको हो ।

बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका शंकास्पद झोला भेटिएपछि अनुसन्धान हुँदै गरेको जनाएको छ ।

धरान उपमहानगरपालिका ४ मा पर्ने उक्त सडक खण्डमा बुधबार दाउरा खोज्न गएका स्थानीयबासीले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको पहिचान गर्ने गर्न अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया