कुवेतका दुई उपप्रधान तथा रक्षा र गृहमन्त्रीद्वारा राजीनामा
मेरोन्यूज
२०७८ फागुन ५ गते २१:२०

कुवेत । कुबेतका दुई उपप्रधान तथा रक्षा र गृह मन्त्रीले राजीनामा दिएका छन् । दुवै जनाको राजीनामा कुवेतका राजाले स्वीकृत पनि गरिसकेका छन् ।
रक्षा मन्त्री शेख हमद जाबेर अल अलि अल सबाह र गृह मन्त्री शेख अहमद मन्सुर अल अहमद अल सबाहले राजीनामा दिएका हुन् ।
दुवै जना उपप्रधानमन्त्री पनि थिए । त्यहाँको राजदरबारबाट जारी वक्तव्यमा दुवैको राजीनामा स्वीकृत गर्दै उनीहरुले सम्हाल्दै आएको जिम्मेबारी तत्कालका लागि अन्य दुई मन्त्रीलाई दिइएको उल्लेख गरिएको छ ।
उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेबारी विदेश राज्य मन्त्री शेख अहमद नासिर मोहम्मद अल सबाहलाई थप गरिएको छ भने तेल, जल तथा विद्युत् र ऊर्जा मन्त्री मोहम्मद अल फारिसलाई कार्यवाहक गृह मन्त्रीको जिम्मेबारी दिइएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया