सोमबार, माघ ५, २०८२

आज यी स्थानमा वर्षा हुने

मेरोन्यूज २०७८ फागुन ७ गते ६:५७

काठमाडौँ । हाल देशमा कुनै उल्लेखनिय मौसम प्रणाली छैन । जसका कारण देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभाग केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले बिहान र बेलुकी चिसो हुने भएकाले चिसोबाट बच्न सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया