कुशल भुर्तेलले तोडे पारश खड्काको कीर्तिमान
मेरोन्यूज
२०७८ फागुन ७ गते १३:०६

काठमाडौँ । ओमानमा जारी टी २० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशत बनाएका छन् ।
सुरुवाती ब्याटिङमा गएका नेपालका आशिफ शेख गोल्डेन डक आउट हुँदै बाहिरिएका थिए । त्यसपछि गएका कुशल मल्ल दुई चौकासहित १२ रन बनाउँदै पभेलियन फर्किँए ।
अहिले कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा छन् । भुर्तेलले ८.६ ओभरमा ३२ बलमा अर्धशतक पूरा गरे । योसँगै नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको कीर्तिमानी तोडिएको छ ।
टी २० आईमा नेपालका लागि सबैभन्दा धेरै अर्धशतक बनाउने कीर्तिमान खड्काले बनाएका थिए । अब यो कीर्तिमान भुर्तेलको नाममा गएको छ । खड्काले ३३ खेलबाट एक शतक र ५ अर्धशतक बनाएकोमा भुर्तेलले ८ खेलबाट अर्धशतक बनाएका हुन्।
सम्बन्धित
प्रतिक्रिया