कुशल र दिपेन्द्रको कीर्तिमानी रनको साझेदारी
मेरोन्यूज
२०७८ फागुन ७ गते १३:४७

काठमाडौँ । कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले नेपालका लागि टी–२० को सर्वाधिक रनको साझेदारी गरेका छन् । उनीहरूले आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा एक सय ७१ रनको साझेदारी गरेका हुन् ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर दुई सय १८ रन जोड्यो । जसमा कुशल एक सय ४ रनमा अविजित रहे ।
कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए । यस्तै, दिपेन्द्रले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए ।
कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा एक सय ७ रन र पारस खड्काले ५२ बलमा एक सय ६ रन बनाएका थिए ।
यसैगरी, यसअघि पारस खड्का र आरिफ शेखले सिंगापुरविरुद्ध एक सय ४५ रनको साझेदारी गरेका थिए ।
सम्बन्धित
















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया