कुशल र दिपेन्द्रको कीर्तिमानी रनको साझेदारी
मेरोन्यूज
२०७८ फागुन ७ गते १३:४७

काठमाडौँ । कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले नेपालका लागि टी–२० को सर्वाधिक रनको साझेदारी गरेका छन् । उनीहरूले आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा एक सय ७१ रनको साझेदारी गरेका हुन् ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर दुई सय १८ रन जोड्यो । जसमा कुशल एक सय ४ रनमा अविजित रहे ।
कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए । यस्तै, दिपेन्द्रले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए ।
कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा एक सय ७ रन र पारस खड्काले ५२ बलमा एक सय ६ रन बनाएका थिए ।
यसैगरी, यसअघि पारस खड्का र आरिफ शेखले सिंगापुरविरुद्ध एक सय ४५ रनको साझेदारी गरेका थिए ।
सम्बन्धित









पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिक्रिया