अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनले युक्रेनमा आक्रमण गर्नेमा विश्वस्त

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेकोमा आफू विश्वस्त रहेको बताउँनुभएको छ।
रुस(युक्रेन सङ्कटमा ह्वाइट हाउसमा भएको पछिल्लो घटनाक्रमको बारेमा बोल्दै बाइडेनले भन्नुभयो यस क्षणसम्म, म विश्वस्त छु कि पुटिनले आक्रमणको निर्णय गरेका छन्।ू
गत महिनामा भएको ब्रिफिङमा राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनको युक्रेनका विषयमा लिइने निर्णय लगभग सबैको लागि रहस्यमय थियो यति सम्म कि शीर्ष रूसी सल्लाहकारहरू पनि उनको मनसायको बारेमा अन्योलमै भएको सङ्केत मिल्थ्यो।
तर शुक्रबारका टिप्पणीहरूले राष्ट्रपतिको दृष्टिकोणमा महत्त्वपूर्ण परिवर्तन आएको र उनका समकक्षीको योजनाहरूमा अझ बढी निश्चित रहेको सङ्केत मिलेको बताएका छन।
राष्ट्रपति बाइडेनले पुटिनले आक्रमणको साथ अगाडि बढ्ने संकल्प गरेको लगभग निश्चित भएको बताएका छन ।
रुसी सेनाले आगामी दिनमा युक्रेनमा आक्रमण गर्ने योजना बनाएको छ। हामी विश्वास गर्छौं कि उनीहरूले युक्रेनको राजधानी किभलाई लक्षित गर्नेछन्।” बाइडेनले थप टिप्पणी गर्नुभयो।
















आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया