केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

पोखरा । सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् ।
महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् ।
उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् ।
केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै ४ लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । पोखरा म्याराथनमा उनको कीर्तिमान हो ।
यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पूरा गर्दै कीर्तिमानी बनाएका थिए । जुन कीर्तिमानलाई केन्याली धावकले तोडेका हुन् ।
खुला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो । सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पूरा गर्दै दुई लाख नगर राशीको पुरस्कार प्राप्त गरे ।
त्यस्तै, नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थानमा आउँदा शसस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै चौंथो बने । पाँचौ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा पूरा गरेका थिए ।
महिलातर्फको हाफ म्याराथनको उपाधि प्रसाईले दोस्रो पटक उचाल्दा शसस्त्र प्रहरी बलकी ब्रिन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै दोस्रो स्थानमा रहिन् ।
जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आउँदा बेलायतकी हेनाह करसले १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै चौंथो स्थानमा रहिन् ।
खुल्ला म्याराथन विजेताले नगद ४ लाख, दोस्रो हुनेले २ लाख, तेस्रो स्थानमा रहने धावकले १ लाख र चौंथो स्थानमा रहेका धावकले भने सान्त्वना रुवरुप ३० हजार प्राप्त गरे ।
महिलातर्फ हाफ म्याराथन विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्वरुप १५ हजार नगद राशी प्राप्त गरे ।
उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित नगद प्रदान गरेका थिए । नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरालाई खेलकुद शहरसँगै खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित डेढदशकदेखि म्याराथन आयोजना गर्दै आएको हो ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया