विद्युत नियमन आयोगका पदाधिकारीको विषयमा छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । विद्युत नियमन आयोगको अध्यक्ष तथा सदस्यको कार्यक्षमताका सम्बन्धमा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको छ ।समितिले आइतबार मन्त्रीसमक्ष प्रतिवेदन वुझाएको हो ।
उच्च अदालतका पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोग २०७४ को दफा ९ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्ले २०७८ पुस ८ गते आयोगको अध्यक्ष र सदस्यको कार्यक्षमताका कारण आयोगको काम, कर्तव्य, अधिकार र जिम्मेवारी वहन गर्न नसकेको विषयमा छानबिनका लागि समिति गठन गरेको थियो । समितिको सदस्यमा पूर्व सहसचिव विष्णुबहादुर थापा र पूर्व सुपरिटेन्डेन्ट इन्जिनियर आशिष घिमिरे थिए ।
प्रतिवेदन बुझाउँदै गजुरेलले प्राप्त प्रमाणका आधारमा कानुनअनुसार प्रतिवेदन तयार गरिएकाले सरकारले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे । त्यस अवसरमा मन्त्री भुसालले सरकारले दिएको जिम्मेवारी पूरा गरेकामा धन्यवाद व्यक्त गर्दै समितिको सुझावलाई कार्यान्वयनमा लगिने विश्वास दिलाए ।
















‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
अर्थविद् केशव आचार्यको निधन
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया