धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत

धवल पुरस्कारबाट वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक निर्मल श्रेष्ठ पुरस्कृत भएका छन।
धवल पुस्तकालय पाल्पाद्वारा स्थापित सो पुरस्कार वरिष्ठ साहित्यकार एवं प्राज्ञा बुद रानाले पुरस्कृत न्यौपाने र श्रेष्ठलाई हस्तान्तरण गरे । धवल पुरस्कार २०७७ बाट वरिष्ठ साहित्यकार न्यौपाने र धवल सिर्जना पुरस्कार २०७७ सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक श्रेष्ठलाई सम्मान गरियो । दुवै पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
पूर्वखोला–३, रिङनेरह बस्ने साहित्यकार न्यौपाने भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा साधनारत र अठार महापुराणका वाचकसमेत हुनुहुन्छ भने सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक श्रेष्ठ तानसेन– ३ का हुन । श्रेष्ठले पाल्पाको इतिहासमा कला संस्कृतिमा कलम चलाउदै आएका छन ।
धवल पुस्तकालयले राष्ट्रिय प्रतिभाप्रति सम्मान र प्रतिभामा उत्प्रेरणा जगाउने उद्देश्यले धवल पुरस्कारको स्थापना गरेको पुस्तकालयका अध्यक्ष युवराज पौडेलले बताउनुभयो । पुस्तकालले अब प्रत्येक वर्ष प्रजातन्त्र दिवसका दिन धवल पुरस्कार र धवल सिर्जना पुरस्कार प्रदान गर्नेछ ।
विसं १९८३ मा स्थापना भएको सो पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो । पुस्तकालय सञ्चालक समितिले पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको संयोजकत्वमा प्राध्यापक डा हिरण्य ज्ञवाली र त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टङ्कप्रसाद भट्टराई रहेको सिफारिस समितिले पुरस्कारका लागि वरिष्ठ साहित्यकार न्यौपाने र लेखक श्रेष्ठको नाम छनोट गरेको थियो ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया