‘ए’ डिभिजन लिगः मनाङ एघार वर्षपछि एनआरटीसँग पराजित
मेरोन्यूज
२०७८ फागुन ८ गते १९:५१

काठमाडौं । कीर्तिमानी आठ पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मनाङ मस्र्याङ्दी क्लब एघार वर्षपछि न्युरोड टिम एनआरटीसँग पराजित भएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेसुके ओलोमोउको गोल निर्णायक बन्दा मनाङ एनआरटीसँग १–० अन्तरले पराजित भएको हो । खेलको २६ औं मिनेटमा मेसुकेले गोल गरे ।
पछिल्लो पटक एनआरटीले मनाङलाई ०६६÷०६७ को लिगमा हराएको थियो । मनाङ ११ वर्षपछि नै लगातार दुई खेलमा पराजित भएको हो । अघिल्लो खेलमा एपीएफसँग मनाङ पराजित भएको थियो ।
जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । मनाङ भने १२ खेलमा २० अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया