बिहीबार, मंसिर ११, २०८२

‘ए’ डिभिजन लिगः मनाङ एघार वर्षपछि एनआरटीसँग पराजित

मेरोन्यूज २०७८ फागुन ८ गते १९:५१

काठमाडौं । कीर्तिमानी आठ पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मनाङ मस्र्याङ्दी क्लब एघार वर्षपछि न्युरोड टिम एनआरटीसँग पराजित भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेसुके ओलोमोउको गोल निर्णायक बन्दा मनाङ एनआरटीसँग १–० अन्तरले पराजित भएको हो । खेलको २६ औं मिनेटमा मेसुकेले गोल गरे ।

पछिल्लो पटक एनआरटीले मनाङलाई ०६६÷०६७ को लिगमा हराएको थियो । मनाङ ११ वर्षपछि नै लगातार दुई खेलमा पराजित भएको हो । अघिल्लो खेलमा एपीएफसँग मनाङ पराजित भएको थियो ।

जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । मनाङ भने १२ खेलमा २० अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया