विद्यालयलाई खानेपानी परियोजना हस्तान्तरण
मेरोन्यूज
२०७८ फागुन ९ गते १०:३०
मोरङ । जिल्लाको रतुवामाई नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण भएको छ ।
अन्तर्राष्ट्रिय सहयोगी संस्था हेल्पिङ ह्याण्ड फर रिलाईफ एण्ड डेभलपमेन्टले करिब छ लाख लागतमा सो परियोजना सम्पन्न भएको हो । विद्यालयका विद्यार्थीलाई खानेपानी पिउन परियोजनाले धेरै मद्दत गर्ने परियोजनाका निर्देशक इलियास हसन चौधरीले जानकारी दिए ।
रतुवामाई नगर प्रमुख रविन राईले परियोजनाबाट तयार भएको प्लान्टले विद्यार्थी र विद्यालयका कर्मचारीलाई खानेपानीको सुविधा पुगेको बताए । उनले पछिल्लो समयमा मानिसले जारको पानी खाने प्रचलन बढिरहेको अवस्थामा परियोजनाबाट तयर गरिएको प्लान्टबाट शुद्ध खानेपानी विद्यार्थीले पिउन पाउनाले खुसी व्यक्त गरे ।
सम्बन्धित














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया