रुसले युक्रेनी सीमामा सेना तैनाथ गर्यो : अमेरिका

काठमाडौँ । रसियाले युक्रेनसँगको सिमानामा सशस्त्र उपकरण र सेनाको नयाँ फिल्ड तैनाथ गरिरहेको स्याटलाइट तस्विरले देखाएको एक निजी अमेरिकी कम्पनीले दाबी गरेको छ ।
नयाँ गतिविधिले बढ्दो सैन्य तयारी गरेको संकेत गरेको अमेरिकास्थित म्याक्सर टेक्नोलोजीका निर्देशकले बताएका छन् । तस्बिर सार्वजनिक गरेको कम्पनीले केही सातादेखि रूसी सेनाको निर्माणलाई ट्र्याक गरिरहेको छ ।
युक्रेनसँगको सिमानामा रहेको रुसी व्यारेकबाट सशस्त्र उपकरण र सेनाका नयाँ फिल्ड तैनाथ गरेको स्याटलाई तस्बिरले देखाएको सो कम्पनीले जनाएको छ । आइतबार सोलोटी क्षेत्रका धेरै लडाई एकाइहरू र सहयोगी उपकरणहरू प्रस्थान गरिसकेको स्याटलाईट तस्बिरले देखाएको थियो ।
सो क्षेत्रभर सवारी साधनको ट्र्याक र सशस्त्र उपकरण बोकेका कन्भोयका ताँती देखिएको उक्त कम्पनीले जनाएको छ । ट्र्याक र हिउँका आधारमा ती गतिविधि हालसालैको भएको म्याक्सर न्युज व्युरोका वरिष्ठ निर्देशक स्टेफेन वुडले रोयटर्स समाचार संस्थालाई बताए । ‘मलाई यसले बढ्दो तत्परताको अवस्था संकेत गर्छ,’ वुडले भने ।
















‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
अर्थविद् केशव आचार्यको निधन
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया