रुसले युक्रेनी सीमामा सेना तैनाथ गर्यो : अमेरिका

काठमाडौँ । रसियाले युक्रेनसँगको सिमानामा सशस्त्र उपकरण र सेनाको नयाँ फिल्ड तैनाथ गरिरहेको स्याटलाइट तस्विरले देखाएको एक निजी अमेरिकी कम्पनीले दाबी गरेको छ ।
नयाँ गतिविधिले बढ्दो सैन्य तयारी गरेको संकेत गरेको अमेरिकास्थित म्याक्सर टेक्नोलोजीका निर्देशकले बताएका छन् । तस्बिर सार्वजनिक गरेको कम्पनीले केही सातादेखि रूसी सेनाको निर्माणलाई ट्र्याक गरिरहेको छ ।
युक्रेनसँगको सिमानामा रहेको रुसी व्यारेकबाट सशस्त्र उपकरण र सेनाका नयाँ फिल्ड तैनाथ गरेको स्याटलाई तस्बिरले देखाएको सो कम्पनीले जनाएको छ । आइतबार सोलोटी क्षेत्रका धेरै लडाई एकाइहरू र सहयोगी उपकरणहरू प्रस्थान गरिसकेको स्याटलाईट तस्बिरले देखाएको थियो ।
सो क्षेत्रभर सवारी साधनको ट्र्याक र सशस्त्र उपकरण बोकेका कन्भोयका ताँती देखिएको उक्त कम्पनीले जनाएको छ । ट्र्याक र हिउँका आधारमा ती गतिविधि हालसालैको भएको म्याक्सर न्युज व्युरोका वरिष्ठ निर्देशक स्टेफेन वुडले रोयटर्स समाचार संस्थालाई बताए । ‘मलाई यसले बढ्दो तत्परताको अवस्था संकेत गर्छ,’ वुडले भने ।













निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया