ट्वान्टी २० विश्वकप छनोट
नेपाल विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश
नेपाल ८ विकेटले विजयी, भोलि हुने सेमिफाइनलमा यूएईसँग खेल्ने
मेरोन्यूज
२०७८ फागुन ९ गते १८:१५

काठमाडौँ । नेपाल ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज क्यानडासँगको खेलमा नेपाल ८ विकेटले विजयी भएको हो ।
मात्र ८१ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ३५ बल बाँकी छँदै लक्ष्य भेटाएको हो ।
जीतसँगै नेपाल सबै तीन खेल जितेर समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ।
बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भएको यूएई समूह उपविजेता भएर सेमिफाइनल पुगेको छ भने आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघिको दुई खेलमा नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनको फराकिलो स्कोरले जितेको थियो ।
अब नेपालले भोलि मङ्गलवार हुने सेमिफाइनलमा यूएईसँग खेल्नेछ।

सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया