मंगलबार, चैत १०, २०८२

मन्त्री आलेको चेतावनी– अहिले ट्रेलर मात्रै हो, एक साता भित्रै पूरा फिल्म देखाउँछु

मेरोन्यूज २०७८ फागुन ९ गते २०:२१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा ठेगान लगाउने चेतावनी दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव– २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले त्यस्ता ब्यक्तिहरुलाई कारबाहीको दायरा भित्र ल्याउन लागेको बताएका हुन् ।

मन्त्री आलेले देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको उनले बताए । उनले आजसम्म देशलाई ठग्नेहरुका विरुद्धमा आफुले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए ।

मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफु लागिपरिरहेको बताए । उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफुले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरे ।

बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पारे । आफुलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनले बताए ।

मन्त्री आलेले आफुमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताए ।

प्रतिक्रिया