टाटा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ९ गते २१:२२

काठमाडौं । धनुषाको धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा टाटा सुमो र मोटरसाइकल ठोक्किएर भएको दुई जनाको मृत्यु भएको छ ।
सोमबार जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित धारापानीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ज ३०१८ नम्बरको टाटा सुमो र विपरित दिशातर्फबाट आइरहेको प्रदेश २–०२–००१ प ८३४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा शहीद नगरपालिका १ बस्ने १७ वर्षीय महेशकुमार सहनी र सोही मोटरसाइकलमा पछाडी सवार रहेका धनुषाधाम नगरपालिका ८ स्थित मुलाबारीका २४ वर्षीय मनिष विश्वकर्मा रहेका छन् ।
उनीहरुको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।
सम्बन्धित














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया