लोकसेवा आयोगको परीक्षा स्थगित
मेरोन्यूज
२०७८ फागुन १० गते ८:११
काठमाडौँ । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगित गरिएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका लिखित परीक्षा स्थगितको सूचना प्रकाशन गरिएको छ ।
आयोगको विज्ञापन समावेशी नभएको भन्दै गत माघ २६ गते सर्वोच्च अदालत रिट निवेदन दायर गरिएको थियो । आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि आयोग लिने सबै पदको लिखित परीक्षा स्थगन गरिएको बताए ।
कर्णाली प्रदेश लोकसेवा आयोगले गत पुस २७ गते अप्राविधिक–प्राविधिक पाँचौँ तहको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया