जिल्ला छोड्दा सिडिओको अनुमति लिनु पर्ने

मनाङ । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नु परे अनिर्वाय रूपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अनुमति लिनु पर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफू खुशी जाने र गयलसमेत देखिएपछि सिडिओ सीता परियारले उक्त निर्देशन दिएकी हुन् ।
हुम्लामा सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा सिडिओ परियारले लिखित रूपमा कार्यालय प्रमुखले जिल्ला छाड्दा अनिवार्य अनुमति लिनु पर्ने निर्णय गराएकी हुन् । निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नु पर्ने, धेरै कार्यालय प्रमुख आफू खुसी जिल्ला छाड्ने, हाजिरीमा समेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको हो ।
जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी संख्या, पदपूर्ति संख्या, रिक्त पद संख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने, सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्य रूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नु पर्नेलगायत समेत निर्देशनानुसार निर्णय भएको छ । जिल्लामा उपलब्ध कार्यालय प्रमुखको छलफलमा सहभागिता थियो । प्रजिअ परियार सोमबार हुम्ला आइपुगेकी हुन् ।
















‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
अर्थविद् केशव आचार्यको निधन
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया