जिल्ला छोड्दा सिडिओको अनुमति लिनु पर्ने

मनाङ । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नु परे अनिर्वाय रूपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अनुमति लिनु पर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफू खुशी जाने र गयलसमेत देखिएपछि सिडिओ सीता परियारले उक्त निर्देशन दिएकी हुन् ।
हुम्लामा सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा सिडिओ परियारले लिखित रूपमा कार्यालय प्रमुखले जिल्ला छाड्दा अनिवार्य अनुमति लिनु पर्ने निर्णय गराएकी हुन् । निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नु पर्ने, धेरै कार्यालय प्रमुख आफू खुसी जिल्ला छाड्ने, हाजिरीमा समेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको हो ।
जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी संख्या, पदपूर्ति संख्या, रिक्त पद संख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने, सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्य रूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नु पर्नेलगायत समेत निर्देशनानुसार निर्णय भएको छ । जिल्लामा उपलब्ध कार्यालय प्रमुखको छलफलमा सहभागिता थियो । प्रजिअ परियार सोमबार हुम्ला आइपुगेकी हुन् ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया