टी–२० विश्वकप छनोट
दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरै
यूएई ६८ रनले विजयी

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा पराजित भएसँगै नेपालको विश्वकपमा पुग्ने सपना तुहिएको छ ।
समूह चरणको खेलमा तीनै खेल जितेर समूह विजेता भई सेमिफाइनलमा पुगेको नेपालले यूएईसँग पराजित भएसँगै विश्वकप खेल्नबाट चुकेको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले नेपालसामु १ सय ७६ रनको चुनौति प्रस्तुत गरेको थियो ।
नेपाल १८.४ ओभर खेल्दा सबै विकेट गुमाउँदै मात्र १ सय ७ रनमा समेटियो ।
समूह चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरी नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि नेपाल ८ वर्षपछि पुनः विश्वकप खेल्न आशा गरिएको थियो ।
यूएईसँगको खेलमा पहिलो ओभरमै दुई विकेट गुमाएको नेपालका आसिफ शेख चौथो बलमा र लोकेश बम पाँचौ बलमा सून्य रनमा आउट भए ।
तीन ओभरमा रहँदा कुशल भुर्तेल मात्रै ७ रनमा आउट भए भने आरिफ शेख ११ रनमा मैदानबाट बाहिरिए ।
दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले नेपालको इनिङ्स उकास्न खोजे पनि सफल भएनन् । दीपेन्द्र ३८ रन र ज्ञानेन्द्र २० रन जोडेर आउट भए ।
नेपालको आशा राखिएका खेलाडी कप्तान सन्दीप लामिछाने मात्र ४ रनमा आउट भए भने विवेककुमार यादव ८ रनमा पेभेलियन फर्किए । कमलसिंह ऐरी ४ रन र जितेन्द्र मुखिया ५ रनमा आउट भए भने अविनास बोहोराले नट आउट १ रन जोडेका थिए ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया