पाकिस्तानी प्रधानमन्त्रीले भने-मोदीसँग टेलिभिजन बहस गर्न तयार छु

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् । ७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच तीन वटा युद्ध भइसकेका छन् ।
‘मलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिभिजन बहस गर्न मन छ,’ रसिया टुडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भने । बहसमार्फत समस्या समाधान भएमा भारतीय उपमहाद्धीपमा एक अर्बभन्दा बढी मानिसहरुलाई फाइदा हुने उनको तर्क छ । खानको प्रस्तावबारे भारतको विदेशमन्त्रालयले तत्काल कुनै टिप्पणी गरेको छैन् ।
आतंक र वार्ता एकै चोटी नहुने बताउँदै भारतले पाकिस्तानलाई अतिवादी समूहलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न रहेका व्यक्तिलाई सजाय दिन बारम्बार माग गर्दै आएको छ ।
भारतले पाकिस्तानलाई सीमापार आतंकवादको अन्त्य हुनु पर्ने माग गर्दै आएको छ भने पाकिस्तानले त्यसलाई ‘गैर–राज्य व्यक्ति’ का तर्फबाट भएका घटना भन्दै आफू पन्छिन खोज्छ ।
सन् २००८ मा भएको मुम्बई हमलाबाहेक भारतले सन् २०१६ मा ७ जना भारतीय सैनिकको ज्यान जाने गरी भएको पठानकोट हमलाका दोषी र उनीरु आबद्ध संगठनमाथि कारबाहीको माग गर्दै आएको छ ।














मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया