रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन – युक्रेनका राष्ट्रपति जेलेन्स्की

११ फागुन ९रासस÷सिन्ह्वा ः युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन । उनले मंगलबार भनेका छन– “मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुनेछैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुनेछैन ।”
उता युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक केही कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि उनले जनाएका छन । त्यहाँ हुनसक्ने विद्रोहका बारेमा टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने आफूले मार्सल ल लगाउने उनले बताएका हुन।
पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी रुपमा व्यापक विरोध भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।
अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् । त्यस्तै यी लगायतका अरु पश्चिमा देशहरुले पनि यदि रुसले युक्रेनमा हमलाको तयारी गरेको हो भने त्यसको पुष्टि गरी रुसमाथि प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको बताएका छन् ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया