इलाममा सहरी खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न

इलाम । इलाम बजार साना सहरी खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ। एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माणाधीन खानेपानीको हाल उपभोक्ताका घरघरमा पानीको धारा जडान भइरहेको छ।
आउने चैत मसान्तभित्र उपभोक्ताका घरमा पानी झार्ने गरी काम भइरहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए। उनका अनुसार इलाम नगरपालिकाभित्र रहेका सडक निर्माणले वितरण पाइपमा केही क्षति पुगेकोले पुनः मर्मत गर्ने तयारी भइरहेको छ।
रिर्जव ट्याङ्की र वितरण लाइनमा परीक्षणका लागि पानी छोड्दै जाने बताइएको छ। आयोजनाको कूल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्ने सम्झौता पत्रमा उल्लेख छ। सुरुको लागतको अनुमानित रकम ५ प्रतिशतले हुन आउने चार करोडभन्दा बढी रकम उपभोक्ताले जम्मा गरिसकेका छन्। यो आयोजनाको पानी आएपछि इलाम बजार र आसपासका क्षेत्रका उपभोक्ताले चौबिसै घण्टा पानी आउने बताइएको छ।
करिब चार हजार घरधुरीलाई खानेपानी पुर्याउने लक्ष्य राखिएको आयोजनामा हालसम्म दुई हजार ८०० धारा जडान गरिसकिएको छ। ८४ करोड ७९ लाख १८ हजार ६१५ कूल लागत रहेको आयोजनाको निर्माणका लागि भने ५७ करोड ९५ लाखको सम्झौतामा आयोजनाको काम भइरहेको छ।
सन्दकपुर गाउँपालिकामा रहेका विभिन्न खोल्साको पानी जम्मा गरेर इलाम बजारमा ल्याइँदै छ जसमा ४१ किलोमिटर आयोजनाको प्रसारण लाइन हुनेछ। आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १०० धारामा चौबिसै घण्टा खानेपानी आउने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापा बताउछन्। रासस















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया