दुरुपयोग भइरहेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

खोटाङ । खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ ।
नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका आधारमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
भारतीय भूतपूर्व सैनिक संघको नाममा रहेको सो एम्बुलेन्स दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रेमचन्द्र राईले मासिक १५ हजार भाडामा चलाउँदै आएका थिए ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकीले राईलाई मंगलबार एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो ।
यस बारेमा थप अनुसन्धान थालिएको डिएसपी लम्सालले बताए । ‘बिरामी बोक्नु पर्ने एम्बुलेन्सले अरू प्यासेञ्जर बोकेर गाउँमा गएको देखिन्छ । जुन प्रयोजनका लागि एम्बुलेन्स प्रयोग गर्नुपर्ने हो त्यो प्रयोजनमा प्रयोग भएको पाइएन । त्यस कारणले कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ,’ डिएसपी लम्सालले भने, ‘अप्ठ्यारोमा परेका बिरामी रेस्क्यू गर्नका लागि एम्बुलेन्सले सहुलियत पाएको हुन्छ । बिरामी नबोक्ने, अरू प्यासेञ्जर बोकेर हिँड्ने गर्नु त भएन । जे प्रयोजनका लागि ल्याइएको हो त्यो प्रयोजन विहीन हिसाबले चलाएकाले कारबाहीका लागि पठाइएको हो ।’
गाउँघरमा मट्टिमाला, पुलिक लगायतका पुराना चिजबिज खोज्दै हिँड्ने व्यक्तिलाई बोक्नका लागि सो एम्बुलेन्स प्रयोग गरेको जनाइएको छ ।
भारतीय राजदूतावासले जिल्लाका बिरामीको सहजताका लागि भारतीय भूतपूर्व सैनिक संघलाई सन् २०१५ मा सो एम्बुलेन्स दिएको थियो ।














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया